सहकारीमा योगदान गर्ने सम्मानित

रामेछाप । जिल्ला सहकारी संघ रामेछापले रामेछापमा क्रियाशिल ३ जना सहकारी क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरेको छ । शनिबार मन्थलीमा सम्पन्न संघको ५ औं बार्षिक साधारण सभाको अवसर पारेर उनिहरुलाई सम्मान गरीएको हो ।
सम्मानित हुनेमा मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं सहकारी अभियान्ता गोबिन्दप्रसाद घिमिरे, उत्कृष्ठ विषयगत संघ तर्फ जिल्ला बचत तथा ऋण सहकारी संघ र उत्कृष्ठ व्यवस्थापक नवजागरण वचत तथा ऋण सहकारी संस्थाका रमेश उदास रहेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघको सम्मान अध्यक्ष जेएन दाहाललाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सम्मानित अभियान्ता तथा संघलाई जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले सम्मान गरेकी थिईन । जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव नविन केसी र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले पेश गरेको प्रतिवेदन स्वीकृत गरेको थियो ।

क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस