• काेसिस न्यूज
  • सहकारीका विषयमा जनप्रतिनिधि संग अन्तरक्रिया


    रामेछाप । स्थानीय तहका जनप्रतिनिधिहरुमा सहकारी प्रतिको समान धारणा विकास गर्न तथा समन्वयात्म आर्थिक क्रियाकलापका लागि मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्य क्षेत्र पर्ने स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरु संग अन्तरक्रिया गरेको छ ।
    शनिबार मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्थली, रामेछाप, लिखु तामाकोशी र खॉडादेवि गाउ‘पालिकामा निर्वाचित पालिका प्रमुख , वडा अध्यक्षहरु र कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
    संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष केशव महत र खॉडादेवि गाउंपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सरकारले अंगिकार गरेको तीन खम्बे अर्थनितिलाई सार्थक वनाउनका लागि स्थानीय सहकारी संग मिलेर आर्थिक क्रियाकलापमा सहयोग गर्न तत्पर रहेको वताएका थिए ।
    सहभागिले सामाजिक सुरक्षा भत्ता सहकारी मार्फत घर घरमा वितरण गर्ने व्यवस्था हुन, आयमुलक र रोजगारी श्रृृजना हुने व्यवसायमा लगानी गर्न र गरेको लगानीको सदुपयोग भयो भएन भन्ने कुराको नियमित अनुगमन गर्न आग्रह गरेका थिए । उक्त पालिकाका जनप्रतिनिधिले पुरै पालिका भर कार्यक्षेत्र पु¥याउन माग गरेका थिए ।
    २०५४ सालमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्था जिल्लाको सवैभन्दा ठुलो सहकारीको रुपमा समुदायमा रहेका शेयर सदस्यहरु संग आर्थिक क्रियाकलापमा सम्लग्न हुदै आएको छ । संस्थाको गत श्रावण मसान्त सम्म कुल पूंजि १ अर्ब ८ करोड रुपैया पुगेको छ । संस्थामा १५ हजार ९१ सदस्यले नियमित बचत तथा ऋणको कारोवार गर्दै आएका छन् ।
    प्रविधिमैत्री सेवा सुविधा संचालन गर्दै आएको उक्त सहकारी संस्थाले सदस्यहरुको हितका लागि विभिन्न वचत तथा ऋण सेवा उपलव्ध गराउनुका साथै रेमिटेन्सको कारोवार समेत गर्दै आएको छ । सालु, धोवि, गेलु, रामेछाप, मन्थलीबसपार्कमा थप सम्पर्क केन्द्र मार्फत सदस्यहरुलाई सुविधा उपलव्ध गराउदै आएको संस्थाले मासिक वचत संकलनका लागि मासिक रुपमा घर दैलो अभियान समेत थालेको छ । स्वास्थ्य सेवा र विभिन्न शिविर, शैक्षिक सहयोग, वृद्धवृद्धाहरुलाई सहयोग, सुत्केरी भेटघाट,सामाजिक कृयाकलापमा सहयोग, दुर्घटना विमा जस्ता मन्थली बचत तथा ऋण सहकारीका सामाजिक उत्तरदायित्वका कार्यमा समेत कार्यक्रममा चर्चा गरीएको थियो ।


    क्याटेगोरी : अर्थ, समाचार

    प्रतिक्रिया दिनुहोस