तल्लो लिखु जलविद्युत आयोजना लगभग सकियो
रामेछाप – रामेछाप र ओखलढुङ्गा विचको लिखुनदीमा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम पुरा भइसकेको छ ।
आयोजनाका वातावरणविद रविन्द्र तिमल्सिनाका अनुसार तल्लो लिखु जलविद्युत आयोजनाबाट २८ दशमलव १ मेघावाट विद्युत उत्पादन हुनेछ । ‘ आउदो दशैं सम्म आयोजनाको व्यवसायीक उत्पादनका लागि जुटेका छौं ’ तिमल्सिनाले भने ।
रामेछापको लिखु तामाकोशी गाउपालिका २ सैपुको सिरीसे भन्दा केहि उत्तर तर्फ लिखु खोलामा बाँध बाँधि करिव ५ किलोमिटर सुरुङ मार्गबाट विजुलीकोटको रातामाटा बोक्सेमा निर्माण भएको उत्पादन गृहमा पानी खसालेर उक्त विद्युत उत्पादन गर्न लागिएको हो । उत्पादन गृहमा २ वटा टवाईन जडान गरिएका छन् ।
तिमल्सिनाका अनुसार बोक्सेमा उत्पादन भएको विद्युतलाई २३ किलोमिटर लामो सिङ्गल सर्किट १ सय ३२ केभि प्रशारण लाईन बाट रामेछापको देविटारमा रहेको न्यू खिम्ती सव–स्टेशनमा पु¥याएर केन्द्रीय प्रशारण लाईनमा जोडिनेछ । प्रशारण लाईनको काम समेत अन्तिम चरणमा पुगेको छ । झण्डै ८ सय मिटर तार टाँग्न बांकी रहेको तिमल्सिनाले वताए ।
२०७४ बाट निर्माण कार्य थालिएको उक्त आयोजनाबाट कोरोनाका कारण उत्पादनमा केहि समय ढिलाई भएको छ । लक्ष्मी बैंक र अन्य बैंकको लगानी रहेको उक्त आयोजना निर्माणमा करिव ६ अर्ब ३७ करोड लगानी रहेको छ । आयोजनाको प्रवद्र्धक स्वेतगंगा हाईड्रोपावर हो ।
ि
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस