तल्लो लिखु जलविद्युत आयोजना लगभग सकियो

रामेछाप – रामेछाप र ओखलढुङ्गा विचको लिखुनदीमा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम पुरा भइसकेको छ ।
आयोजनाका वातावरणविद रविन्द्र तिमल्सिनाका अनुसार तल्लो लिखु जलविद्युत आयोजनाबाट २८ दशमलव १ मेघावाट विद्युत उत्पादन हुनेछ । ‘ आउदो दशैं सम्म आयोजनाको व्यवसायीक उत्पादनका लागि जुटेका छौं ’ तिमल्सिनाले भने ।
रामेछापको लिखु तामाकोशी गाउपालिका २ सैपुको सिरीसे भन्दा केहि उत्तर तर्फ लिखु खोलामा बाँध बाँधि करिव ५ किलोमिटर सुरुङ मार्गबाट विजुलीकोटको रातामाटा बोक्सेमा निर्माण भएको उत्पादन गृहमा पानी खसालेर उक्त विद्युत उत्पादन गर्न लागिएको हो । उत्पादन गृहमा २ वटा टवाईन जडान गरिएका छन् ।
तिमल्सिनाका अनुसार बोक्सेमा उत्पादन भएको विद्युतलाई २३ किलोमिटर लामो सिङ्गल सर्किट १ सय ३२ केभि प्रशारण लाईन बाट रामेछापको देविटारमा रहेको न्यू खिम्ती सव–स्टेशनमा पु¥याएर केन्द्रीय प्रशारण लाईनमा जोडिनेछ । प्रशारण लाईनको काम समेत अन्तिम चरणमा पुगेको छ । झण्डै ८ सय मिटर तार टाँग्न बांकी रहेको तिमल्सिनाले वताए ।
२०७४ बाट निर्माण कार्य थालिएको उक्त आयोजनाबाट कोरोनाका कारण उत्पादनमा केहि समय ढिलाई भएको छ । लक्ष्मी बैंक र अन्य बैंकको लगानी रहेको उक्त आयोजना निर्माणमा करिव ६ अर्ब ३७ करोड लगानी रहेको छ । आयोजनाको प्रवद्र्धक स्वेतगंगा हाईड्रोपावर हो ।
ि
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ आजबाट एसइई परीक्षा सुरु
- २ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ३ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ४ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ५ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ६ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ७ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ८ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
प्रतिक्रिया दिनुहोस