साँघुटार सव–स्टेशन संचालनमा

रामेछाप रामेछापको पूर्वि सिमाना सा“घुटारमा निर्माण भएको ३३ केभि सव–स्टेशन संचालनमा आएको छ । ८ बर्ष अघी देखि निर्माण थालेको उक्त सव–स्टेशन चार्ज भएको नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।
मन्थली देखि साँघुटार पु¥याइएको ३३ केभि प्रशारण लाइनलाई उक्त सव–स्टेशनमा पु¥याएर चार्ज गरीएको वितरण केन्द्रका प्रमुख कृष्णहरी दाहालले वताएका छन् । दाहालका अनुसार अव उक्त क्षेत्रको विद्युत प्रवाहमा सुधार हुने अपेक्षा राखिएको छ । संचालनमा आएको सव–स्टेशनको दाहालले शनिबार सुभारम्भ गरेका हुन ।
सा“घुटार सव–स्टेशन मार्फत रामेछाप जिल्लाको पूर्वि क्षेत्र दुरागाउँ सम्मको विद्युतिकरण हुने व्यवस्था मिलाइएको छ । त्यसका अतिरीक्त ओखलढुङ्गाको पश्चिमी क्षेत्रमा पर्ने विभिन्न भागमा पनि उक्त सव–स्टेशनकै फिडरबाट विद्युति पठाइनेछ ।
यस अघी मन्थलीको सव–स्टशेनबाट वितरण भएको विद्युत साँधुटार सव–स्टेशनको संचालन पछि सुधार हुनेछ । साँघुटारको सव–स्टेशन सम्म ३३ केभि सिधै पुग्ने भएकाले विद्युतको गुणस्तर समेत बढ्ने प्राधिकरणले जनाएको छ । बारम्बार विद्युत जाने समस्या पनि अव घटेर जाने केन्द्रले जनाएको छ । एकातिर सा“घुटार तर्फको विद्युत गुणस्तरिय हुने र अर्को तिर मन्थलीको विद्युत समेत प्रभावकारी वनाउनका लागि सहयोग पुग्ने दाहालले वताए ।
रामेछापको मन्थली सव–स्टेशनबाट वितरण भएका विद्युत सिधैं व्यक्तिको घरमा पुग्ने भएकाले गुणस्तर देखि बारम्बार गईरहने समस्याबाट गुज्रदै आएको छ । साँघुटार जस्तै दोरम्बा, राकाथुम र बाम्तीमा निर्माणाधिन सव–स्टेशनको निर्माण पुरा भई संचालनमा आएपनि विद्युतमा अझै सुधार हुने उक्त केन्द्रले जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस