जवरजस्ती करणी अभियोगमा दुई प्रशिक्षक पक्राउ
विराटनगर । जबर्जस्ती करणी गरेको आरोपमा कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदी पक्राउ परेका छन् । उनीहरु दुवैलाई लाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । राउत र सुवेदी मोरङ करातेका स्थायी सहायक प्रशिक्षक हुन् ।
सुनसरी घर भई हाल विराटनगरको एक नर्सिङ कलेजमा अध्ययनरत छात्रालाई राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको छात्राले जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् । पीडित छात्राले आइतबार आफूलाई राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख गर्दै जाहेरी दिएकी थिईन ।
राउत र सुवेदीले पिडित छात्रालाई पटकपटक होटलमा लगेर जबर्जस्ती करणी गर्दै भिडियो समेत खिचेको र उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिने गरेको स्रोतको भनाइ छ । तर जाहेरीमा भिडियोबारे उल्लेख नभएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस