गोदावरी नगरपालिकाद्वारा रोभर रेन्जर क्याम्प आयोजना
ललितपुर । ललितपुरको गोदावरी नगरपालिले स्काउटमा आधारित राेभर रेन्जर क्याम्प संचालन गरेकाे छ । नगरपालिकाकाे सहयाेगमा स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको हाे ।
शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे । नगरपालिकाले पहिलोपटक स्काउटमा आधारित यस्तो क्याम्प आयोजना गरेको हो । तीनदिन सम्म चल्ने स्काउट क्याम्पमा ४५ जना विद्यार्थी सहभागी रहेका छन् । क्याम्प विशङ्खुनारायण माविकाे प्राङ्गणमा संचालन गरिएको छ ।
रोभर रेन्जर क्याम्पले विद्यार्थीलाई स्काउटका गतिविधिमा सामेल गराउने नगरपालिकाका मेयर महर्जनले बताए । उनले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने जानकारी समेत गराए । ‘स्काउटले नैतिकता सिकाउछ, सम्यम्ता र उद्दार कार्यमा जुट्न सिकाउछ‘, उनले भने, ‘अब निकट भविस्यमा पनि बजेटको व्यवस्थापन गर्नेछौँ ।‘
उममेयर मुना अधिकारीले नगरपालिकालाई स्काउटमय बनाउने बताइन् । उनले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्दार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने बताइन् ।
स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो।
हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दिपक अर्यालले जानकारी दिए ।
सो अवसरमा स्काउटका भाइ बहिनीहरुलाई शशस्त्र प्रहरीले विपद व्यवस्थापन, नेपाल प्रहरीले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत लागु औषध र साइबर सम्बन्धी तालिम र वरिष्ठ पत्रकार भवानी बरालले नैतिक शिक्षा र स्काउटको बारेमा प्रशिक्षण दिएका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस