भन्सार छलेर नेपाल भित्र्याउदै गरेकाे बिस्कुट बरामद
झापा- झापाकाे काकरभिट्टा नाकाबाट भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाख बराबरकाे बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुट लिएर अाएकाे भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
मंगलबार राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नम्बरको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिए पछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिएर चेकजाज गर्दा भन्सार छलेर नेपाल भित्रिएकाे पत्ता लागेकाे जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।
उक्त कन्टेरनसहित चालक गोर्सीलाई आवश्यक कारबाहीका लागि प्रहरीकाे नियन्त्रणमा मेची भन्सार कार्यालय काँकरभिट्टामा जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक पाठकले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस