जबरजस्ती करणी गरेकाे अाराेपमा यादव पक्राउ
रामेछाप – सर्लाही जिल्लाकाे सर्लाही नगरपालिका ८ का २९ वर्षिय मुकेश कुमार यादवलाई जबर्जस्ती करणी गरेकाे अाराेपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेकाे छ । शनिबार साझ खुर्काेट इलाका प्रहरीकाे सहयाेगमा पक्राउ गरेकाे हाे ।
रामेछापकाे सदरमुकाम मन्थलीमा यहि चैत १५ गते मंगलबार दिउसाे रामेछापकी ३५ वर्षिय महिलालाई खाजा खाने बाहानामा हाेटलकाे काेठामा लगि जवरजस्ति करणी गरेकाे अाराेपमा उजुरी परेपछि प्रहरीले शनिबार पक्राउ गरेकाे हाे ।
सामाजिक संजाल फेसबुककाे माध्यमबाट चिनजान भएकाे यादव र उक्त महिलाबीच मन्थली अाएकाे बेला भेट्ने सल्लाह अनुरुप भेटघाट भएकाे र खाजा खान बसेकाे बेला यादवले मन्थलीकाे एक हाेटलकाे काेठामा खाजा खान बसेकाे बेलामा काेठाकाे चुक्कुल लगाएर जबरजस्ती करणी गरेकाे महिलाले अाराेप लगाएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस