खानेपानीका उपभोक्ताहरु उत्साहित
रामेछाप – सदरमुकाम मन्थली बजार नजिकैकाे भैसेश्वर खानेपानी उपभोक्ता समितिका उपभोक्ताहरु अहिले निकै उत्साहित भएका छन् । उपभोक्ता समितिले उपभोक्ताहरुको हितका लागि मासिक रुपमा १० हजार लिटर सम्म पानी निशुल्क खुआउने र विभिन्न सामाजिक कार्य गर्दै संस्थामा ठुलो धनराशीमा वचत गरिदिएपछि उपभोक्ताहरुमा उत्साह छाएको हो ।
उपभोक्ताले आफनो नयाँ भवन बनाउँदै गरेको उक्त समितिले भर्खरै मात्र अनलाईन सेवा मार्फत घरमै बसेर पानी तान्ने ब्यवस्था मिलाएको छ । समितिले स्थापना काल देखिनै शुकाजोर खोलादेखि लिफट सिस्टमबाट पानी तानेर आफना उपभोक्ताहरलाई सेवा दिंदै आएको थियो । उक्त म्ुहानमा पानि पर्याप्त नभएपछि समितिले विगत दुई बर्ष देखि आफनो बस्तिबाट करिब एक किलो मिटर टाढा रहेको तामाकोशि नदिको मुहान बाट लिफट सिष्टम मार्फत पानी खुवाउने ब्यवस्था मिलाएको छ ।
कुल १ सय ८५ घर उपभोक्ता रहेको उक्त समितिले आफना सबै उपभोक्ताहरुलाई प्रति महिना १० हजार लिटर पानी निशुल्क खुवाउदै आएको छ । समितिले निशुल्क पानी खुवाउँदै आएपछि उपभोक्ताहरु पनि खुसि छन् । समितिका कोषाध्यक्ष सिताराम कार्कीले भने यस वर्षकै साधारण सभाबाट उपभोक्ताहरुले पाउँदै आएको सेवा सुविधा विस्तार गर्ने तयारी भईरहेको जानकारी दिए । यस बाहेक समितिले आफना विपन्न,जेष्ठ नागरिक र एकल महिला हरुका लाई राहत पुग्ने उदेश्यले थप कार्यक्रम ल्याउने तयारी समेत गरेको छ ।
समितिले शनिबार आफना उपभोक्ताहरुको भेला गराई आफुले गरेको कार्य प्रगतिको बारेमा जानकारी गराएको हो । यस बर्षको साधारण सभाको तयारी र उपभोक्ताहरुको थप सुविधाका लागि संस्थालाई सामुदायीक खानेपानीमा परिणत गराउनका लागि बाँकि प्रक्रिया पुरा गर्र्र्र्नै उदेश्यले आयोजना गरिएको भेलाको उद्घाटन् नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले पानसमा बत्ति बालेर तथा खानेपानीको एप्स अन गरेर उद्घाटन गरेका थिए । सो क्रममा उनले समितिले नमूना समितिको रुपमा काम गरेको भन्दै उसलाई निरन्तर कामको लागि पनि सुझाब दिए ।
भेलामा संस्थाका कोषाध्यक्ष सीताराम कार्किले भए गरेका प्रगतिका बारेमा जानकारी गराएका थिए । संस्थाको आगामि साधारण सभाको तयारी र सामुदायीक खानेपानी दर्ता प्रक्रियाका लागि कानूनी हैसियत पुरा गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको जानकारी पनि सो अबसरमा गराइएको थियो ।
विगतमा डिभिजन खाने पनि रामेछाप र पछिल्लो समयमा प्रदेश खानेपानी कार्यालय मन्थलीको सहयोगमा संचालित उक्त खानेपानी उपभोक्ता समितिले आफना उपभोक्ताहरुका लागि पर्याप्त रिजर्भर टयाँकि निर्माण संगै बृहत लाईन विस्तार गरि पानीको धारा वितरण गर्दे आएको समितिका उपाध्यक्ष भिमसेन थापाले जानकारी गराए ।
कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस