शनिबार साझ अाएकाे हावाहुरीले गेलुमा डेढ सय घरमा क्षेति
रामेछाप – मन्थली नगरपालिका–११ गेलुकाे नाटिलामा शनिवार साँझ आएको हावाहुरी र पानीका कारण डेढ सय भन्दा बढि घरमा क्षेत्री पुगेकाे छ । साझ करिब ७ बजे तिर अकास्मात अाएकाे हावाही र पानिले झन्डै १ सय ५० घरमा क्षेति गरेकाे हाे ।
हावा हुरी र पानिका मन्थली नगरपालिका ११ गेलुमा घर तथा गाेठ गरि १ सय ५० घरको छानो उडाउनकाे छ ।त्यसैगरि बाटाेमा रुखहरु ढलेर बाटाे अवरुद्ध समेत भएकाे स्थानियले जानकारी दिएका छन् । घरकाे छाना उडाउदा जस्ताले लागेर घाइते भएकी ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली ल्याएको थियो भने सामान्य उपचनर पछि उनि घर फर्केकी छिन् । हावा हुरीका कारण २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएकाे र १ सय ५० भन्दा बढी घरमा क्षेति पुगेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्गले जानकारी दिएका छन् ।
अाइतबार बिहान प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पहाडीकाे नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, सशस्त्र प्रहरी प्रमुख , रेडक्रस साेसाइटी र पत्रकारकाे टाेली क्षेतिकाे अवस्था अवलोकन अध्ययन गर्न पुगेका थिए । टाेलीले अवस्था अध्ययन नेपाल रेडक्रस साेसाइटी मार्फत ४० घरपरिवारलाई तल्कालका लागि त्रिपाल उपलब्ध गराएकाे छ । पानिले घरमा भएको अन्न धान, मकै ,कोदो ,गहुँ सबै भिजेको छ । साथै हुरीले ३ वटा पसलको समान भिजेर नस्ट भएको छ भने केही रुखहरु ढलेकाे छ भने अधिकाँस रुख बिरुवाकाे हागाँहरु भाचिएकाे छन्। उक्त हावाहुरी र पानिले पुर्याएकाे क्षेतिकाे एकिन तथ्यांक भने अाउन बाकि रहेकाे
प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
- २ विधि प्रकृया र प्रचलित कानुन बमोजिम काम गर्छाै : प्रजिअ पाैडेल
- ३ प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
- ४ रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
- ५ लोकतान्त्रिक खेलकुद संघ रामेछापकाे अध्यक्षमा पाैडेल
- ६ टिफरबाट खसेर घाइते युवककाे मृत्यु
- ७ मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
- ८ स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ
प्रतिक्रिया दिनुहोस