रजयछापमा २२ घरगोठ खरानीे
रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरको रजयछापमा शनिबार भएको आगलागीमा परी २२ घरगोठ जलेर खरानी भएका छन् ।
स्थानीय विनोद श्रेष्ठको घरमा भएको विद्युत चुहावटमा वस्तीमा आगो सल्केको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार आगलागीमा परेर ११ घर र ११ गोठ नष्ट भएका छन् ।
आगलागीको घटना जानकारी हुना साथ जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि सुरक्षाकर्मी सहित घटनास्थलमा पुगेका थिए । प्रहरी, सेना , सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी पहाडिले आगलागि पिडितलाई तत्काल अस्थायी वसोवासका लागि त्रिपाल हस्तान्तरण गरेका छन् । आगलागिबाट हुन गएको क्षतिको एकिन विवरण लिन बांकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस