महिला संघ रामेछापकी संस्थापक सभापति भट्टराईलाई जिपि फाउन्डेसनकाे सम्मान
रामेछाप – गिरिजाप्रसाद कोइराला फाउण्डेसन (जीपी फाउण्डेसन) रामेछापले नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति गणेशकुमारी भट्टराईलाई सम्मान गरेकाे छ ।
उमेरका कारण अस्वस्थ भट्टराईलाई निवासमा नै पुगेर फाउन्डेसनले सम्मान गरेकाे हाे ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेसनले प्रजातान्त्रिक आन्दोलनकी योद्धा नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति गणेशकुमारी भट्टराई (कान्छी दिदी) लाई सोमबार फाउण्डेसनले सम्मान गरेको हो ।
फाउण्डेसनका जिल्ला अध्यक्ष दीपक खड्का सहित फाण्डेसनका पदाधिकारी तथा नेपाली कांग्रेसका नेताहरु मन्थली स्थिति भट्टराईको निवासमा पुगेर सम्मान पत्र प्रदान गरेका छन् । फाउण्डेसनको तर्फबाट भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाल महिला संघ र नेपाली कांग्रेसको राजनीतिमा लामाे समय देखि क्रियाशील भट्टराई उमेरको कारण हाल शारीरिक रूपमा अशक्त छिन ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस