भिड नियन्त्रण गर्ने क्रममा स्थानियकाे अाक्रमणमा परि महिला प्रहरीकाे मृत्यु

माेरङ- मोरङको लेटाङमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अाराेप लागेका शिक्षक प्रति अाक्राेशित स्थानीयकाे आक्रमणमा परि एक महिला प्रहरीको मृत्यु भएको छ । अाइतबार अाराेपित शिक्षक पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि स्थानियले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।
उक्त घटना बाहिरीसगै तनावग्रस्त विद्यालय परिसरमा सुरक्षाका लागि घटनास्थलमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो । प्रहरी श्रेष्ठको उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्लाको लेटाङस्थित शिक्षा बिकास माविमा अध्यायनरत १३ वर्षिया बालिकालाई बलात्कार गरेकाे अाराेप लागेका शिक्षक प्रति आक्रोशित स्थानीयकाे भिड नियन्त्रण गर्ने क्रममा स्थानियले प्रहरी माथि नै अाक्रमण गरेकाे थियाे । स्थानियकाे अाक्रमणमा परि थप १७ प्रहरी घाइते भएका छन् ।
बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक प्रहरी नियन्त्रणमा छन् । उनलाई अनुशन्धानका लागि इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको प्रहरीले जनाएकाे छ
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस