म्यादी प्रहरीमा अावेदन दिनेकाे भिड, रामेछापमा एकैदिन ३५९ ले दिए अावेदन
निजुका खड्का ।
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा अावेदन फारम भर्नेकाे भिड लागेकाे छ । अाइतबार एकैदिन ३६९ जनाले म्यादी प्रहरीमा अावेदन बुझाएका छन् ।
अाअागामी वैशाख ३० गते हुने भनिएकाे स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले रामेछाप जिल्लाकाे लागि ७८४ म्यादी प्रहरी माग गरेकाे छ । उक्त मागका लागि अाज पहिलाे दिन नै महिला ५५ जना सहित ३६९ जनाले अावेदन दिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
आवेदन दिने मिति चैत ६ गते देखी ११ सम्म रहेको छ । जिल्ला प्रहरी कार्यालयमा १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७५६ रुपैयाँका दरले तलब पाउँने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस