म्यादी प्रहरीमा अावेदन दिनेकाे भिड, रामेछापमा एकैदिन ३५९ ले दिए अावेदन
निजुका खड्का ।
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा अावेदन फारम भर्नेकाे भिड लागेकाे छ । अाइतबार एकैदिन ३६९ जनाले म्यादी प्रहरीमा अावेदन बुझाएका छन् ।
अाअागामी वैशाख ३० गते हुने भनिएकाे स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले रामेछाप जिल्लाकाे लागि ७८४ म्यादी प्रहरी माग गरेकाे छ । उक्त मागका लागि अाज पहिलाे दिन नै महिला ५५ जना सहित ३६९ जनाले अावेदन दिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
आवेदन दिने मिति चैत ६ गते देखी ११ सम्म रहेको छ । जिल्ला प्रहरी कार्यालयमा १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७५६ रुपैयाँका दरले तलब पाउँने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस