बालिका बाध्ने वृद्ध अनुसन्धानका लागि थुनामा
रामेछाप । दलित बालिकाले घर भित्र पसेर दही चोरेको अभियोगमा २० घण्टा सम्म थाममा बा“धेर राख्ने वृद्धलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ बर्षिय शेरवहादुर श्रेष्ठले छिमेकी १२ बर्षिया दलित बालिकालाई सोमबार अपरान्ह साढे ४ बजे देखि मंगलबार मध्यान्ह सम्म उनकै घरको दलानको थाममा बाधेर यातना दिएका थिए ।
पिडित बालिकाका आफन्तले श्रेष्ठ विरुद्ध मंगलबार सा“झ जिल्ला प्रहरी कार्यालयमा श्रेष्ठ विरुद्ध अपहरण र शरिर वन्धकको अभियोग दर्ता गराएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार श्रेष्ठलाई बुधबार जिल्ला अदालत रामेछापबाट ७ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले म्याद थप गराएर अनुसन्धान कार्य अघी बढाएको छ ।
श्रेष्ठ गाईवस्तु लिएर बन गएको मौका पारेर पालिका उनको घरमा पसेर दही खाएकी थिईन । बनबाट श्रेष्ठ घर आईपुग्दा बालिकाले चाउचाउ, दालमोढ र नरिवल हातमा लिएर फर्कदै गर्दा फेला पारेपछि नियन्त्रणमा लिएका थिए । उनले दलित घर भित्र पसेको र चोरेको २ वटा अपराध गरेको भन्दै घर चोख्याउनका लागि रुद्री लगाउने खर्च नदिई नछोड्ने भन्दै दलानको थाममा बा“धेका थिए । बालिका सगैं उनको भाईले पनि सगैं रात विताएपनि बन्धन खोल्न सकेका थिएनन ।
मंगलबार प्रहरीले नियन्यणमा लिएपछि श्रेष्ठले आफुले गल्ति गरेको स्वीकारेका थिए । अपरान्ह बालिका बा“धेर यातना दिएका श्रेष्ठले राति उनलाई खाना र ओड्ने दिएका थिए , तर बन्धन भने फुकाएनन् । राति माया लागेर छोड्दिन मन लागेको भएपनि कतै भाग्ली र दोषि परिएला भनेर नछोडेको श्रेष्ठले वताएको प्रहरी नायव उपरिक्षक थिङले वताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस