७ बुदे रामेछाप घाेषणा पत्र जारी गर्दै सकियाे महासंघ बागमती प्रदेशकाे तेस्रो पूर्ण बैठक
रामेछाप – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकाे तेस्राे पुर्ण बैठकले ७ रामेछाप घाेषणा पत्र जारी गरेकाे छ । चैत्र १ र २ गते रामेछापमा बसेकाे प्रदेश समितिकाे बैठकले ७ बुदे घाेषणा पत्र जारी गरेकाे हाे । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्दै आम सञ्चार क्षेत्रको विकास आजको अपरिहार्य आबश्यकता हो । कोभिड महामारीका कारण मुलुकको अन्य क्षेत्रमा जस्तै आमसञ्चारको क्षेत्र पनि समस्यामा परेको छ । सञ्चार माध्यम र सञ्चारकर्मी यसको प्रत्यक्ष मारमा परेका छन् । विशेष गरी स्वरोजगारमुलक साना लगानीका सञ्चार माध्यम यसको बढी मारमा परेका छन् ।
यही सन्दर्भमा नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको मिति २०७८ चैत १ र २ गते रामेछापमा तेस्रो पूर्ण बैठक बस्यो । बैठकमा प्रदेश भित्रका आमसञ्चार माध्यमको अबस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल भयो ।
बैठकमा भएका छलफल र त्यसको निश्कर्षको आधारमा नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिद्वारा जारी रामेछाप घोषणा पत्र ः
१. सरकारले सूचना तथा प्रशारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरेको छ । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्दै प्रेस स्वतन्त्रता विरोधी गतिविधि अन्त्य गर्न यो बैठक सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदछ ।
२. श्रमजीवी पत्रकारहरुको पेसागत सुरक्षाको वातावरण सिर्जना गर्न यो वैठक सम्बन्धीत सबै पक्षसँग आग्रह गर्दछ ।
३. कोभिडका कारण आर्थिक संकटमा परेर बन्द हुने अबस्थामा पुगेका स्वरोजगामूलक सञ्चारमाध्यमलाई राहत हुने खालको आर्थिक प्याकेजको व्यवस्था गर्न यो वैठक सरकारसँग माग गर्दछ ।
४. नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो भवन बनाउने अभियान सुरु गरेको छ । यसका लागि जग्गा प्राप्ति र भवन निर्माणका लागि आबश्यक सहयोग पु¥याउन प्रदेश सरकार र हेटौंडा महानगरपालिकालाई यो वैठक आग्रह गर्दछ ।
५. स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने बिज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न यो समिति सरकारसँग माग गर्दछ ।
६. नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसारको सदस्यहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने भएकाले यो अभियानमा सहयोग गर्न यो बैठक सबै जिल्ला शाखाहरुलाई आग्रह गर्दछ ।
७. ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको रामेछाप नगरपालिकासहित सिंगो जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक गुरु योजना निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यो बैठक प्रदेश र संघीय सरकारसग माग गर्दछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नमुनादीप कप’को उपाधि लिखुतामाकोशीलाई
- २ १४ वर्षमुनिका बालबालिकाकाे क्यान्सर उपचार निशुल्क गर्ने
- ३ क्षतिग्रस्त प्रशारण लाईन संचालनमा
- ४ रामेछाप कपकाे उपाधि आयाेजक टिम दिपशिखाकाे पाेल्टामा
- ५ खुर्कोट पुल संचालनमा
- ६ खुर्काेट पुल निर्माण सकेर काठमाडौं फर्किए : राज्यमन्त्री तामाङ
- ७ रामेछाप कप भाेलीदेखि मन्थलीमा सुरु , प्रदेश अर्थमन्त्री काफ्लेद्वारा उत्घाटन गरिने
- ८ रास्वपा सभापति लामिछाने पक्राउ
प्रतिक्रिया दिनुहोस