सहकारी संघको अध्यक्षमा ढुङ्गेल

रामेछाप – जिल्ला सहकारी संघ रामेछापको अध्यक्षमा हिमाल ढुङ्गेल चयन भएका छन् । बुधबार भएको संघको दाेस्राे जिल्ला अधिबेशनले ढुङ्गेललाइ सर्वसहमतिबाट अध्यक्ष चयन गरेकाे हाे ।
संघको दाेस्राे जिल्ला अधिवेशनले ढुङ्गेलको अध्यक्षमा नौं सदस्यीय समिति गठन गरेको छ । संघको उपाध्यक्षमा श्याम थापा, सचिवमा नवीन घिमिरे र कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ चयन भएका छन् । त्सैगरि सदस्यहरुमा दिलिपकुमार भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी, लक्ष्मी कार्की (बुढाथोकी) र मेनुका खड्का (महत) चयन भएका छन् ।
संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा छत्रविर श्रेष्ठ चयन भएका छन् भने सदस्यमा घना श्रेष्ठ र रवीन्द्र कुमार श्रेष्ठ चयन भएकाे निर्वाचन अधिकृत गाेविन्द प्रसाद घिमिरेले जानकारी दिएका छन् । संघकाे अधिबेशन निवर्तमान अध्यक्ष काेमल शंखर घिमिरेको अध्यक्षमा भएकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस