नेपाली कांग्रेस फुलासीद्वारा जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण

रामेछाप – नेपाली कांग्रेस मन्थली १३ फुलासिद्वारा जेष्ठ नागरिकलाइ सम्मान स्वरुप फाइबर सिरक वितरण गरेकाे छ । मंगलबार हरिचिन्नेमा पार्टी कार्यलय उत्घाटन कार्यक्रममा जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेकाे हाे ।
नेपाली कांग्रेस रामेछापका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) काे प्रमुख अातित्थ्यतामा भएकाे पार्टी कार्यालय उत्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा उक्त वडामा बसाेबास गर्ने ७० वर्ष उमेर नाघेका र एकल महिला गरि ३४६ जनालाई फाइबर सिरक वितरण गरेकाे हाे । फाइबर सिरक नेपाली कांग्रेसका नेता तथा समाजसेवी फुलासीका हरिराम गिरिले उपलब्ध गराएका थिए । साथै कार्यक्रमा फुलासी कांग्रेसको सहयोगमा नेपाल टेलिकमको सिम नि: शुल्क वितरण गरिएकाे थियाे ।
नेपाली नेपाली कांग्रेस मन्थली नगरपालिका १३ काे कार्यलय उत्घाटन पछि फाइबर सिरक वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस रामेछापका सभापति कान्छारामले कांग्रेस सधै नागरिकको सेवामा लाग्ने गरेकाे बताउदै नागरिकको समस्या समाधानमा सधै साथ दिने प्रतिबद्धता व्यक्त गरे । यसैगरि सभापति तामाङले देवीटारबाट फुलासी हुदै दोरम्बा सम्म पुग्ने सडकलाई कालाेपत्रे गर्न छिटै पहल गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य अर्जुन कुमार केसी, नेपाली काँग्रेस रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि मीना कार्की , विनिता खड्का, जिल्ला कार्यसमिति सदस्य ध्रुव लामा , सिताराम कार्की,कांग्रेस नेता कृष्ण बहादुर महत, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका पुर्व कोषाध्यक्ष कुमार श्रेष्ठ, मन्थली नगरपालिकाका सभापति शंखर अधिकारी ,नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), नेविसंघ रामेछापका उपाध्यक्ष प्रभाकर ढुंगेल, नेपाली काँग्रेर क्षेत्र नं २ रामेछापका पुर्व क्षेत्रिय सदस्य सुमन चौहन (माइकाल) लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा गाएक राम कुमार नेपाली ,प्रकाश कट्वाल, चन्दा अर्याल लगाएत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे गायन तथा नृत्य पस्तुत गरिएकाे थियाे ।
कार्यक्रम नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीका वडा सभापति ओमकार अधिकारीकाे अध्यक्षतामा भएकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस