तेस्राे मन्थली मेयर कप भाेली देखि सुरु
रामेछाप – मन्थली नगरपालिकाकाे तेस्रो मेयर कप भाेलि (शुक्रबार ) देखि सुरु हुने भएकाे छ । मेयर कप पाैष २३ ,२४ र २५ गते सम्म संचालन हुने भएको छ ।
मन्थली नगरपालिकाले बिहिवार साँझ पत्रकार सम्मेलन गरि मेयर कपकाे सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे छ । मेयर कपमा नगरपालिकाकाे १४ वटै वडाले भाग लिने भएका छन् । खेलमा नगरकाे एक वडा १ खेल समूह सहभागी हुनेछन् ।
खेलमा सहभागी समूह मध्ये प्रथम , द्वितीय , तृतीय र स्वान्त्वना हुने समुहलाइ क्रमशः १ लाख, ७५ हजार , ५० हजार ,३० हजार साथै सिल्ड , मेडेल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ भने सहभागी सबै समुहलाइ खेलाडीकाे व्यवस्थापन खर्च बापत ५० हजारका दरले खर्च उपलब्ध गराइने छ । यसैगरि खेलमा सहभागी खेलाडीहरुलाई विभिन्न विधामा उत्कृष्ट ७ खेलाडीलाई जनही ५ हजार उपलब्ध गराउने नगर प्रमुख रमेशकुमार बस्नेतले बताए ।
यसैगरि खेलमा स्वच्छ प्रतिस्पर्धा हाेस भन्ने हेतुले खेलाडी छनाैटमा केही प्रावधानहरु अपनाइएको छ । जसमा जुन वडाकाे खेल समूह हाे साेहि वडाकाे खेलाडी हुनुपर्ने र खेलाडीले अनिवार्य ड्रेस लगाउनु पर्ने छ ।
मेयर कपका लागि अावस्यक सबै किसिमकाे तयारी पूरा भएकाे मेयर कपका काेडिनेटर शुक्र माझिले जानकारी दिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस