तेस्राे मन्थली मेयर कप भाेली देखि सुरु
रामेछाप – मन्थली नगरपालिकाकाे तेस्रो मेयर कप भाेलि (शुक्रबार ) देखि सुरु हुने भएकाे छ । मेयर कप पाैष २३ ,२४ र २५ गते सम्म संचालन हुने भएको छ ।
मन्थली नगरपालिकाले बिहिवार साँझ पत्रकार सम्मेलन गरि मेयर कपकाे सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे छ । मेयर कपमा नगरपालिकाकाे १४ वटै वडाले भाग लिने भएका छन् । खेलमा नगरकाे एक वडा १ खेल समूह सहभागी हुनेछन् ।
खेलमा सहभागी समूह मध्ये प्रथम , द्वितीय , तृतीय र स्वान्त्वना हुने समुहलाइ क्रमशः १ लाख, ७५ हजार , ५० हजार ,३० हजार साथै सिल्ड , मेडेल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ भने सहभागी सबै समुहलाइ खेलाडीकाे व्यवस्थापन खर्च बापत ५० हजारका दरले खर्च उपलब्ध गराइने छ । यसैगरि खेलमा सहभागी खेलाडीहरुलाई विभिन्न विधामा उत्कृष्ट ७ खेलाडीलाई जनही ५ हजार उपलब्ध गराउने नगर प्रमुख रमेशकुमार बस्नेतले बताए ।
यसैगरि खेलमा स्वच्छ प्रतिस्पर्धा हाेस भन्ने हेतुले खेलाडी छनाैटमा केही प्रावधानहरु अपनाइएको छ । जसमा जुन वडाकाे खेल समूह हाे साेहि वडाकाे खेलाडी हुनुपर्ने र खेलाडीले अनिवार्य ड्रेस लगाउनु पर्ने छ ।
मेयर कपका लागि अावस्यक सबै किसिमकाे तयारी पूरा भएकाे मेयर कपका काेडिनेटर शुक्र माझिले जानकारी दिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस