उत्कृष्ट करदाताका रुपमा लक्ष्मी स्टाेर्सका संचालक थापा सम्मानित
रामेछाप – उत्कृष्ट कर दाताको रुपमा लक्ष्मी स्टोर एण्ड सप्लायर्स प्रालि मन्थलीका संचालक श्याम थापा सम्मानित भएका छन् । १० अाै राष्ट्रिय कर दिवसकाे अवसरमा थापालाइ सम्मान गरिएका हाे ।
स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार सम्मान गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायीहरु मध्ये थापाले सबै भन्दा धेरै कर बुझाएको र नियमित रुपमा राज्यलाई कर बुझाएकाे भन्दै थापालाइ करदाता सेवा कार्यालय मन्थलीले सम्मान गरेकाे हाे । सम्मानित थापा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका सदस्य तथा रामेछाप उद्योग बाणिज्यका निवर्तमान अध्यक्ष हुन । थापा यश अघिपनि उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका थिए ।
यसैगरि कार्यलयले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि सम्मान गरेकाे छ । कार्यालय स्थापना सँगै १ बर्ष देखि कार्यरत रहि कार्यालयमा उत्कृष्ट काम गरेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै डा :इ :सु पदमा कार्यरत नवीन घिमिरेलाई सम्मान गरेको छ ।।
क्याटेगोरी : मनाेरञ्जन, समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस