उत्कृष्ट करदाताका रुपमा लक्ष्मी स्टाेर्सका संचालक थापा सम्मानित
रामेछाप – उत्कृष्ट कर दाताको रुपमा लक्ष्मी स्टोर एण्ड सप्लायर्स प्रालि मन्थलीका संचालक श्याम थापा सम्मानित भएका छन् । १० अाै राष्ट्रिय कर दिवसकाे अवसरमा थापालाइ सम्मान गरिएका हाे ।
स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार सम्मान गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायीहरु मध्ये थापाले सबै भन्दा धेरै कर बुझाएको र नियमित रुपमा राज्यलाई कर बुझाएकाे भन्दै थापालाइ करदाता सेवा कार्यालय मन्थलीले सम्मान गरेकाे हाे । सम्मानित थापा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका सदस्य तथा रामेछाप उद्योग बाणिज्यका निवर्तमान अध्यक्ष हुन । थापा यश अघिपनि उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका थिए ।
यसैगरि कार्यलयले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि सम्मान गरेकाे छ । कार्यालय स्थापना सँगै १ बर्ष देखि कार्यरत रहि कार्यालयमा उत्कृष्ट काम गरेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै डा :इ :सु पदमा कार्यरत नवीन घिमिरेलाई सम्मान गरेको छ ।।
क्याटेगोरी : मनाेरञ्जन, समाचार, समाज
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस