नगरद्वारा वडालाइ एम्बुलेन्स हस्तान्तरण , स्थानीय हर्षित
रामेछाप-रामेछाप नगरपालिकाद्वारा २ वटा वडामा एम्बुलेन्स हस्तान्तरण गरेकाे छ । नगरले एम्बुलेन्स खरिद गरेर मंगलबार वडाअध्यक्षलाई हस्तान्तरण गरेको हो ।
मंगलबार एक कार्यक्रमका बीच रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगर र उपप्रमुख सृजना खड्काले उक्त एम्बुलेन्सको साँचो वडा नं १ का वडाअध्यक्ष नरबहादुर थापा क्षेत्री र वडा नं ५ का वडाअध्यक्ष भिम बहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।
उक्त वडा तथा वडा अासपासका स्थानीयलाई स्वास्थ उपचारका एम्बुलेन्सकाे अभावमा उपचारबाट बन्चित हुन नपराेस भन्ने उद्देश्यले वडा स्तरमा एम्बुलेन्स हस्तान्तरण गरिएकाे नगरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगाडेले बताए ।
यस अघि २ वटै वडामा एम्बुलेन्स नहुदा विरामीलाई निकै समस्या हुने गरेको थियो । अब भने त्यहाँका नागरीकहरुले एम्बुलेन्स नभएर अकालमा ज्यान गुमाउनु पर्ने समस्याको समाधान हुने वडाअध्यक्ष भिम ब तामाङले बताए ।
अब कुनैपनि बिरामीलाई उपचार गर्न जान एम्बुलेन्सकाे अभाब नहुने भएकोमा स्थानीय हर्षित भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस