नगरद्वारा वडालाइ एम्बुलेन्स हस्तान्तरण , स्थानीय हर्षित
रामेछाप-रामेछाप नगरपालिकाद्वारा २ वटा वडामा एम्बुलेन्स हस्तान्तरण गरेकाे छ । नगरले एम्बुलेन्स खरिद गरेर मंगलबार वडाअध्यक्षलाई हस्तान्तरण गरेको हो ।
मंगलबार एक कार्यक्रमका बीच रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगर र उपप्रमुख सृजना खड्काले उक्त एम्बुलेन्सको साँचो वडा नं १ का वडाअध्यक्ष नरबहादुर थापा क्षेत्री र वडा नं ५ का वडाअध्यक्ष भिम बहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।
उक्त वडा तथा वडा अासपासका स्थानीयलाई स्वास्थ उपचारका एम्बुलेन्सकाे अभावमा उपचारबाट बन्चित हुन नपराेस भन्ने उद्देश्यले वडा स्तरमा एम्बुलेन्स हस्तान्तरण गरिएकाे नगरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगाडेले बताए ।
यस अघि २ वटै वडामा एम्बुलेन्स नहुदा विरामीलाई निकै समस्या हुने गरेको थियो । अब भने त्यहाँका नागरीकहरुले एम्बुलेन्स नभएर अकालमा ज्यान गुमाउनु पर्ने समस्याको समाधान हुने वडाअध्यक्ष भिम ब तामाङले बताए ।
अब कुनैपनि बिरामीलाई उपचार गर्न जान एम्बुलेन्सकाे अभाब नहुने भएकोमा स्थानीय हर्षित भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस