भलिबल प्रतियोगितामा गोठपानी बचत प्रथम
रामेछाप । नेपाल तरुण दल रामेछाप नगरपालिका १ वडा समिति गोठगाउंद्वारा विजया दशमी र दिपावलीको अवसरमा आयोजित भलिबल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।
बिहिबार भएको फाईनल प्रतिस्पर्धामा गोठपानी बचत तथा ऋण सहकारी संस्थाले नेपाल तरुण दल गोठगाउँ इकाईलाई पराजित गरी प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा साविक गोठगाउँ ८ ले तृतिय स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव दिपक खड्का, प्रदेश क का सभापति निरोजकुमार खड्का, जिल्ला कार्य समितिका सदस्य हिमाल ढुंगेल लगाएतले विजयी टिम तथा खेलाडीलाई शिल्ड पुरस्कार र प्रमाण पत्र वितरण गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्धितियलाई १५ हजार , तृतियलाई १० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ हजार पुरस्कार वितरण गरीएको जिल्ला सचिव दिपक खड्काले वताए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस