भलिबल प्रतियोगितामा गोठपानी बचत प्रथम
रामेछाप । नेपाल तरुण दल रामेछाप नगरपालिका १ वडा समिति गोठगाउंद्वारा विजया दशमी र दिपावलीको अवसरमा आयोजित भलिबल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।
बिहिबार भएको फाईनल प्रतिस्पर्धामा गोठपानी बचत तथा ऋण सहकारी संस्थाले नेपाल तरुण दल गोठगाउँ इकाईलाई पराजित गरी प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा साविक गोठगाउँ ८ ले तृतिय स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव दिपक खड्का, प्रदेश क का सभापति निरोजकुमार खड्का, जिल्ला कार्य समितिका सदस्य हिमाल ढुंगेल लगाएतले विजयी टिम तथा खेलाडीलाई शिल्ड पुरस्कार र प्रमाण पत्र वितरण गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्धितियलाई १५ हजार , तृतियलाई १० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ हजार पुरस्कार वितरण गरीएको जिल्ला सचिव दिपक खड्काले वताए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस