राति ८ बजे पछि देउसी भैलाे खेल्न नपाईने

जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार एक सुचना जारी गर्दै राति ८ बजे पछि देउसी भैलाे कार्यक्रम नगर्न अाग्रह गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालयले सुचना मार्फत विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नियन्त्रण भइ नसकेकाले संक्रमण बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाएर मात्र रातिकाे ८ बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेकाे छ ।
त्यसैगरि पटका, भुइचम्पा, आतिशवाजी लगाएतका विस्फोटकजन्य बस्तुहरुको उत्पादन ओसार पोसार गर्ने बिक्रि गर्ने वा प्रयोग गर्ने काम समेत नगर्न सुचनामा भनिएको छ । मनोरञ्जन गर्ने उदेश्यले मदिरा सेवन गर्ने जुवातास खेल्ने जस्ता कार्य गर्ने वा गराएको पाए कानुन अनुसार कार्वाही गर्ने सुचना मार्फत जिल्ला प्रशासनले जानकारी गराएकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस