प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना
रामेछाप – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रामेछापको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट पुनः केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिना पुन: सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा तामाकोसी इंग्लिश बोर्डिङ स्कुलकी पार्वती पाठक, सचिवमा लिटल स्टार इंग्लिश स्कुलका प्रिन्सिपल रमेश फुयाँल,कोषाध्यक्षमा जिएन इंग्लिस बोर्डिङ स्कुलकी प्रिन्सिपल अनिता कार्की सदस्यहरूमा गङ्गालाल एकेडेमीका रवीन्द्र कुमार श्रेष्ठ, खिम्ती सइनराज पब्लिक स्कुलका खड्ग बहादुर थापा र दीपज्योति इंग्लिस स्कुलका अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।त्यस्तै गङ्गालाल एकेडेमीका अध्यक्ष ढाल विक्रम कार्की महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन ऊर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले गरेका थिए । उत्घाटन कार्यक्रममा बाेल्दै राज्मन्त्री तामाङले निजी तथा आवासीय विद्यालयहरूले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे बताए । उनले शैक्षिक क्षेत्रको विकास लागि आफूले सकेको सहयोग गर्न सधै तयार रहेकाे बताए ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस