मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क सार्वजनिक नगरे कारबाही गरिने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजि मेडिकल कलेज तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ ।
तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए ।
कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।
मन्त्री पौडेलले चासो लिएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ ।
मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क खुलाउन भनिएको छ । यसैगरी सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।
यसैगरी टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।
‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । ‘पहिलो चरणमा अनुगमन गरिनेछ,’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।’
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस