क्षतिग्रस्त प्रशारण लाईन संचालनमा
रामेछाप – बाढीले क्षतिग्रस्त खिम्ती–लामासाँघु १३२ केभि प्रशारण लाईन शुक्रबार देखि संचालनमा आएको छ । नदीले टावर बगाएपछि २८ दिन देखि अवरुद्ध उक्त प्रशारण लाईन शुक्रबार देखि संचालनमा ल्याईएको हो ।
नेपाल विद्युत प्राधिकरणले अस्थायी रुपमा प्रशारण लाईनको एउटा टावर (ईआरएस) निर्माण गरी आज देखि उक्त प्रशारण लाईनमा विद्युत प्रवाह गरेको छ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) ले खिम्ती ग्रीड कार्यालयको उपकरण नियन्त्रण कक्षको मूख्य कम्प्युटरको कक्षबाट उक्त प्रशारण लाईनमा विद्युत प्रवाह शुभारम्भ गरेका छन् ।
खिम्ती–लामासाँघु १३२ केभि प्रशारण लाईनको ७ नम्बर टावर गत असोज १२ गते तामाकोशी नदीमा आएको बाढीले बगाएको थियो । उक्त स्थानमा तत्काल ठुलो टावर निर्माण गर्न नसकिने भएकाले प्राधिकरणले अस्थायी रुपमा छिटो हुने ईआरएस प्रविधिको टावर खडा गरी विद्युत प्रवाह गरेको हो । ईआरएस प्रविधिको टावर निर्माणमा करिव ७ दिन लागेको हो । त्यस अघी सो टावर राख्ने स्थानको जग्गा व्यवस्थापनको लागि समय लागेको थियो । राज्य मन्त्री तामाङको अगुवाईमा एक साता अघी भएको छलफल कार्यक्रममा स्थानीय बासिन्दाले अस्थायी टावर निर्माण गर्ने स्थानमा पर्ने र प्रशारण लाईनको तार टाँग्ने क्रममा क्षति हुने अन्न बालीको क्षतिपूर्ति लिने सहमति जनाए पछि प्रशारण लाईन निर्माणको बाटो खुलेको थियो ।
नेपाल विद्युत प्राधिकरण खिम्ती ग्रिड कार्यालयका प्रमुख मनोज साहका अनुसार शुक्रवार दिउँसो देखि उक्त प्रशारण लाईन परिक्षण सम्पन्न गरी विद्युत प्रवाह निर्वाध रुपले हुन थालेको छ । सुभारम्भका बखत सो प्रशारण लाईनमा लामासाँघु तर्फको करिव ७० मेघावाट विद्युत तराई तर्फ निर्यात भएको थियो । खिम्ती – ढल्केबार २२० केभि प्रशारण लाईनमा उक्त विद्युत जोडिएको थियो । प्रशारण लाईन संचालन भएपछि तराई तर्फको विद्युत काठमाण्डौं र काठमाण्डौं तर्फको विद्युत तराई पठाउन बाटो खुलेको हो । प्राधिकरणको भारप्रेषण केन्द्रले उक्त प्रशारण लाईन मार्फत जता विद्युतको माग धेरै हुन्छ, त्यसै विद्युत पठाउने काम गर्ने जनाइएको छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस