इजरायलमा भएकाे आक्रमणमा ९ जना नेपाली घाईते

हमासले इजरायलमा गरेकाे आक्रमणमा परि ९ जना नेपाली घाइते भएका छन् । शनिबार भएकाे आक्रमणबाट २३० जनाको मृत्यु भएको छ भने करिब एक हजार बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रारम्भिक विवरण अनुसार आक्रमणमा परि ९ जना नेपाली घाइते भएका छन् । ९ जनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार बेलुका एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको जनाएको हाे ।
नेपालीहरु इजरायलमा ‘केयर टेकर’को रुपमा काम गर्न जान थालेको दुई दशकभन्दा बढी भएको छ । यसअवधिमा थुप्रै नेपाली केयर टेकरको रुपमा इजरायल पुगेका छन् । इजरायलमा नेपालीहरु रोजगारीको लागि मात्र नभएर अध्ययनको लागि पनि जाने गर्छन् । यसकारण इजरायलमा नेपालीहरुको राम्रै उपस्थित रहेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ दशै टीकाकाे उत्तम साइत कहिले ?
- २ आज देशभर सार्वजनिक बिदा
- ३ बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
- ४ सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
- ५ रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
- ६ गृहमन्त्री लेखकले दिए राजीनामा
- ७ भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
- ८ शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल
प्रतिक्रिया दिनुहोस