वृद्ध महिलाकाे घरमै पुगेर प्नजिअ निराैलाद्वारा नागरिकता प्रदान
रामेछाप- रामेछाप नगरपालिका ४ हिमगंगाकी फरक क्षमता भएकी वृद्ध महिलाकाे घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । शनिबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उनकाे घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन ।
प्रजिअ निराैलाले अर्का फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझीलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरेकी छिन । प्रजिअ निराैलाले अशक्त ,अपाङ्गता भएका तथा जिल्ला प्रशासन सम्म आउन सम्भावना नभएका नागरिकलाई सहज सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाले नागरिकता प्रदान गर्न नागरिकको घर पुगेकाे बताईन् ।

फरक क्षमता भएकाे ७२ वर्षीय वृद्ध भक्तमाया सुनुवारको घरमै पुगेर प्रजिअ निराैलाले नागरिकता प्रदान गरेकाे हो । वृद्ध सुनुवार फरक क्षमता भएकाले मानिस देख्नासाथ भाग्ने,फाेटाे खिच्न नमान्ने र जिल्ला प्रशासन सम्म लान नसिने हुदा यसअघि नागरिकता बनाउन पटक – पटक प्रयास गर्दा पनि सफल नभएकाे साेहि वडाका वडा सदस्य राेजकुमार श्रेष्ठले बताए । सदस्य श्रेष्ठले भने अब भक्तमायाले राज्यबाट पाउने सेवा सुविधाकाे लागि तत्कालै प्रक्रिया अघि बढाछाैं । त्यसैगरि भक्तमायाले नागरिकता प्राप्त गरेपछि बहिनी मैया सुनुवारले पनि खुसी व्यक्त गरिन ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस