वृद्ध महिलाकाे घरमै पुगेर प्नजिअ निराैलाद्वारा नागरिकता प्रदान

रामेछाप- रामेछाप नगरपालिका ४ हिमगंगाकी फरक क्षमता भएकी वृद्ध महिलाकाे घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । शनिबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उनकाे घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन ।
प्रजिअ निराैलाले अर्का फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझीलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरेकी छिन । प्रजिअ निराैलाले अशक्त ,अपाङ्गता भएका तथा जिल्ला प्रशासन सम्म आउन सम्भावना नभएका नागरिकलाई सहज सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाले नागरिकता प्रदान गर्न नागरिकको घर पुगेकाे बताईन् ।

फरक क्षमता भएकाे ७२ वर्षीय वृद्ध भक्तमाया सुनुवारको घरमै पुगेर प्रजिअ निराैलाले नागरिकता प्रदान गरेकाे हो । वृद्ध सुनुवार फरक क्षमता भएकाले मानिस देख्नासाथ भाग्ने,फाेटाे खिच्न नमान्ने र जिल्ला प्रशासन सम्म लान नसिने हुदा यसअघि नागरिकता बनाउन पटक – पटक प्रयास गर्दा पनि सफल नभएकाे साेहि वडाका वडा सदस्य राेजकुमार श्रेष्ठले बताए । सदस्य श्रेष्ठले भने अब भक्तमायाले राज्यबाट पाउने सेवा सुविधाकाे लागि तत्कालै प्रक्रिया अघि बढाछाैं । त्यसैगरि भक्तमायाले नागरिकता प्राप्त गरेपछि बहिनी मैया सुनुवारले पनि खुसी व्यक्त गरिन ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ कांग्रेस नेतृ पाण्डेको निधन , कांग्रेसले ३ दिन शाेक मनाउने
- २ लिखु २ को सुरुङमा पानी वन्द गर्न निर्देशन
- ३ सहकारी समस्या समाधानकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र
- ४ रेशम चौधरीलाइ आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस
- ५ मानवअधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ
- ६ कांग्रेस सकिएको छैन, कमजाेर मात्र भएकाे हाे : कांग्रेस नेता केसि
- ७ माछा हैन, लेउ आउछ जालमा
- ८ पूर्वाधार तयार नहुदा माग धान्न सकिएन : राणा
प्रतिक्रिया दिनुहोस