देउसी भैलो ८ वजे सम्म
रामेछाप । दिपावलीका अवसरमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले समय निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा भएको जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम यस बर्षको देउसी भैलो बेलुका ८ वजे सम्म मात्र खेल्न पाईने भएको हो । ८ वजे पछि देउसी भैलो खेलेको पाइएमा स्थानीय प्रशासनले सुरक्षाकर्मी मार्फत त्यस्तो कार्यलाई रोक लगाउने छ ।
तिहारका बेला हुने आतशवाजी, भइचम्पा, पटका लगाएतका विष्फोटक पदार्थको ओसार पसार, भण्डारण, विक्री वितरण र प्रयोग गर्न पनि प्रशासनले रोक लगाएको छ । साथै जुवा तास निषेध गरेको छ भने मदिरा जन्य पदार्थको विक्री वितरण वेलुका ८ बजे पछि गर्न नपाउने जनाएको छ ।

क्याटेगोरी : विविध
ताजा अपडेट
- १ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- २ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ३ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ४ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ५ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ६ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ७ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ८ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित













प्रतिक्रिया दिनुहोस