देउसी भैलो ८ वजे सम्म
रामेछाप । दिपावलीका अवसरमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले समय निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा भएको जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम यस बर्षको देउसी भैलो बेलुका ८ वजे सम्म मात्र खेल्न पाईने भएको हो । ८ वजे पछि देउसी भैलो खेलेको पाइएमा स्थानीय प्रशासनले सुरक्षाकर्मी मार्फत त्यस्तो कार्यलाई रोक लगाउने छ ।
तिहारका बेला हुने आतशवाजी, भइचम्पा, पटका लगाएतका विष्फोटक पदार्थको ओसार पसार, भण्डारण, विक्री वितरण र प्रयोग गर्न पनि प्रशासनले रोक लगाएको छ । साथै जुवा तास निषेध गरेको छ भने मदिरा जन्य पदार्थको विक्री वितरण वेलुका ८ बजे पछि गर्न नपाउने जनाएको छ ।


क्याटेगोरी : विविध
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस