रामेछापका खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक विमाेचन

काठमाडौ -रामेछापकाे एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक मंगलबार राजधानीमा एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।

मन्थली नगरपालिका ३ निवासी एचबी खत्रीद्वारा लिखित स्वतन्त्र नेतृत्ववाद पुस्तक प्राध्यापक डाक्टर उत्तम खनालले विमाेचन गरेका हुन् । पुस्तक विमाेचन गर्दै डाक्टर खनालले स्वतन्त्र नेतृत्ववाद इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउनेमा आशा राखेकाे भन्दै लेखक खत्रीलाई बधाई र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरि कार्यक्रममा साहित्यकार रुपसिंह भण्डारीले कुनैपनि वाद विकास हुन समय लाग्ने हुदा समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजान सुझाएका छन् ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्राध्यापक डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष र स्वतन्त्रताको पक्षमा लेखिएको हुदा असल नेताले एकपटक पढ्नैपर्ने बताए ।
कार्यक्रमका लेखक एचबी खत्रीले सहभागी सबैलाई धन्यवाद दिनुकाे साथै पुस्तक पढेर प्रतिकृया दिन समेत अाग्रह गरेका छन् ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस