रामेछापका खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक विमाेचन
काठमाडौ -रामेछापकाे एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक मंगलबार राजधानीमा एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।
मन्थली नगरपालिका ३ निवासी एचबी खत्रीद्वारा लिखित स्वतन्त्र नेतृत्ववाद पुस्तक प्राध्यापक डाक्टर उत्तम खनालले विमाेचन गरेका हुन् । पुस्तक विमाेचन गर्दै डाक्टर खनालले स्वतन्त्र नेतृत्ववाद इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउनेमा आशा राखेकाे भन्दै लेखक खत्रीलाई बधाई र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरि कार्यक्रममा साहित्यकार रुपसिंह भण्डारीले कुनैपनि वाद विकास हुन समय लाग्ने हुदा समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजान सुझाएका छन् ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्राध्यापक डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष र स्वतन्त्रताको पक्षमा लेखिएको हुदा असल नेताले एकपटक पढ्नैपर्ने बताए ।
कार्यक्रमका लेखक एचबी खत्रीले सहभागी सबैलाई धन्यवाद दिनुकाे साथै पुस्तक पढेर प्रतिकृया दिन समेत अाग्रह गरेका छन् ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- २ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ३ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ४ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ५ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ६ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ७ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ८ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित













प्रतिक्रिया दिनुहोस