दार्चुलामा जीप दुर्घटना :- दुर्घटनामा परि ५ काे मृत्यु ९ घाइते

दार्चुला – गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बुधबार शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए छन् । थापका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुचना अधिकारी थापाले जानकारी दिएका छन् ।
।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस