दार्चुलामा जीप दुर्घटना :- दुर्घटनामा परि ५ काे मृत्यु ९ घाइते
दार्चुला – गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
बुधबार शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए छन् । थापका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुचना अधिकारी थापाले जानकारी दिएका छन् ।
।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- २ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ३ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ४ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ५ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ६ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ७ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ८ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा













प्रतिक्रिया दिनुहोस