सुरक्षीत स्थानमा मात्र विकास संभव छ : बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्य
रामेछाप – सुरक्षाकाे पुर्ण प्रत्याभूति गराउन सके मात्र त्यस ठाउँकाे चाैतर्फी विकास हुने बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले बताएकी छिन ।
जिल्लाकाे शान्ति सुरक्षाकाे अवस्था बुझ्न मंगलबार रामेछाप अाइपुगेकी बज्राचार्यले यस्ताे बताएकी हुन ।
जिल्ला भ्रमणका अवसरमा नागरिक समाज, पत्रकार , राजनीति दल तथा अधिकार कर्मीहरुसँगकाे भेटघाटमा प्रहरी प्रमुख बज्राचार्यले “जहाँ शान्ति सुरक्षा हुन्छ त्यहाँ मात्र विकास हुन्छ त्यसैले कुनैपनि विकास हुनका लागि त्यहाँ शान्ति सुरक्षा हुन जरुरी छ “शान्ति सुरक्षाकाे प्रत्याभूत गराउने जिम्मेवारी प्रहरीकाे हाे ।
त्यसैगरी कार्यक्रममा प्रहरी काजमा बस्ने समस्याले गर्दा जनशक्ति अभाव भएकाे बताउदै काजमा रहेकालाई छिटै फर्काउने तथा काजमा बस्न निरुत्साहित गर्ने प्रमुख बज्राचार्यले बताएकी छिन् ।
त्यस्तै प्रहरी सेवालाई चुस्तदुरुस्त राख्नका लागि प्रहरीकाे अान्तरीक प्रणालीमा सुधार गर्ने , प्रविधि मैत्री सेवा संचालन गर्ने र समुदायसँगकाे सहकार्यका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभाकारी रुपमा अघिबढाउने बज्राचार्यले बताएकी छिन् ।
अावस्यकताका अाधारमा प्रहरी युनिट थप्ने तथा विस्तार गर्ने प्रहरीकाे उपस्थितलाई जतिसक्दो झिटाे र छरिताे बनाउने उनले बताइन् ।
भेटघाट कार्यक्रममा सहभागीहरुले ट्राफिक व्यवस्थापन ,प्रहरी विटकाे विस्तार,अपराध नियन्त्रण तथा निरुत्साहित गर्न लागि सचेतना मुलक कार्यक्रम तथा गस्ती बढाउनु पर्ने जस्ता सुझाव राखेका थिए ।
कार्यक्रममा रानजिकदलका प्रतिनिधि , अधिकार कर्मी , पत्रकार, व्यवसायीहरुकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस