निर्माणकाे काम बन्द गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

काठमाडौ -नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा भएकाे मूल्यवृद्धिका कारण निर्माणकाे काम संचालन गर्न नसकिने अवस्था भएकाे भन्दै निर्माणका काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएको छ ।
इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ ।
निर्माण व्यवसायी महासंघले सोमबार विज्ञप्ति निकालेर सरकारसँग निर्माण व्यवसायीलाई राहत दिनुपर्ने माग गरेका छन् ।
केही समयदेखि भएकाे ‘निरन्तर मूल्यवृद्धिका कारण व्यवसायीहरु मारमा परेकाे बतनउदै महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति मार्फत सरकारले निर्माण व्यवसायीहरूलाई राहत दिनुपर्ने माग राखेका हुन । त्यसैगरी सरकार समग्र निर्माण उद्योगको विकासप्रति उदासिन रहेकाे पुष्टि भएकाे पनि महासचिव दाहालले अाराेप लगाएका छन ।
निर्माण व्यवसायीलाई राहत दिने गरी सरकारले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने माग गरेका छन् भने बिमा निर्देशिका २०७८ अनुसार बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप समेत लगाएका छन् ।
‘देशभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरू समेत बन्द गरी एकसाता भित्र स्थगित आन्दोलनका कार्यक्रमसहित थप अान्दाेलनका कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुनेेकुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस