अागामी भाद्र मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौ – नेपाल सरकार अागामी भाद्र महिना सम्म सडक खन्ने काम बन्द गर्ने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आगामी भाद्र महिना सम्म सडक खन्न स्वीकृति नदिने बताएको छ।

असार साउन र भाद्र महिनामा बर्षाकाे समय भएकाले धारा, ढल, बिजुली, टेलिफोन लगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भाद्र मसान्तसम्म सडक खन्ने काममा रोक लगाइएको मत्रालयले जनाएकाे छ ।
सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्षायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजन मातहतका कुनै पनि सडक खन्न स्वीकृत नदिइने जनाएकाे छ । त्यसैगरि जबर्जस्ती सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कारबाही गरिने समेत सुचना मार्फत विभागले जानकारी गराएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस