बाबियाखर्कमा शिव पाञ्चायन मन्दिर

रामेछाप । रामेछाप नगरपालिका ८ बाबियाखर्कको गणेशचोकमा निर्माण भएको शिव पाञ्चायन मन्दिरको मंगलबार प्राण प्रतिष्ठा गरीएको छ ।
बैदिक विधि पूर्वक मन्दिरको प्राण प्रतिष्ठा गर्नुका साथै नबग्रह पुजा, रुद्री चण्डी, बेद लघुरुद्री पाठ गरीएको थियो । उक्त धार्मिक कार्यमा करिव ५० जना पण्डित पुरोहितको सहभागिता रहेको थियो । मंगलबार अपरान्ह लाखवत्ति प्र्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
पूर्व जलश्रोत राज्य मन्त्री लक्ष्मण प्रसाद घिमिरेले मन्दिरको अनावरण गर्नुभएको थियो । स्थानीय बासिन्दाले करिव ४५ लाख चन्दा संकलन गरी उक्त मन्दिरको निर्माण भएको हो । स्थानीय बासिन्दाले मन्दिरमा नियमित पुजा अर्चनाका लागि मंगलबारनै करिव ११ लाखको अक्षयकोषको व्यवस्था गरेका छन् । मन्दिर परिसरमा नगग्रह, नारायण, गणेश लगाएतका मुर्तिहरु समेत स्थापना गरीएका छन् । उक्त मन्दिर जिल्लाकै प्रमुख धार्मिक गन्तव्य हुने स्थानीयले विश्वास लिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस