काग तिहारमा काग सम्मेलन

यमपंञ्चककाे पहिलाे दिन काग तिहार मनाइने गरिन्छ । अाज काग तिहारकाे अवसर पारेर कलाकार रमेश दुलाल (कागे) ले रत्नपार्कमा काग सम्मेलन गरेका छन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घकाे आयोजनामा काठमाडौंकाे रत्नपार्कमा भएकाे काग सम्मेलनमा कलाकार रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा काग बोलाएर १८ औं काग सम्मेलन गरेका छन् । दुलाल अाफुले कागकाे भाषा बुझ्ने दावी गर्दै भन्छन् म कागकाे भाषा जान्दछु , कागलाई बाेलाउनका लागि मलाई अापत पर्याे भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने।
त्यसपछि सबै काग सहयाेगका लागि जम्मा हुने गर्छन् । यसरी नै दुलाल विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।
आजको दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेकाे छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस