काग तिहारमा काग सम्मेलन
यमपंञ्चककाे पहिलाे दिन काग तिहार मनाइने गरिन्छ । अाज काग तिहारकाे अवसर पारेर कलाकार रमेश दुलाल (कागे) ले रत्नपार्कमा काग सम्मेलन गरेका छन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घकाे आयोजनामा काठमाडौंकाे रत्नपार्कमा भएकाे काग सम्मेलनमा कलाकार रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा काग बोलाएर १८ औं काग सम्मेलन गरेका छन् । दुलाल अाफुले कागकाे भाषा बुझ्ने दावी गर्दै भन्छन् म कागकाे भाषा जान्दछु , कागलाई बाेलाउनका लागि मलाई अापत पर्याे भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने।
त्यसपछि सबै काग सहयाेगका लागि जम्मा हुने गर्छन् । यसरी नै दुलाल विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।
आजको दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस