अर्चले आधारभुत विद्यालय हस्तान्तरण
रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ अर्चलेमा पूननिर्माण भएको आधारभुत विद्यालय भवन शनिबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएको छ ।
नर्बेजियन सरकारको सहयोगमा युनोप्स मार्फत निर्माण पुरा भएको उक्त विद्यालय भवन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहॉले आधुनिक विद्यालय भवन सगैं शिक्षामा गुणस्तरता ल्याउन सक्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा वडा अध्यव केशव रोका, नेपाली कॉग्रेस रामेछापका जिल्ला सदस्य घननारायण श्रेष्ठ, युनोप्सका सामाजिक विज्ञ कैलाश खड्का, मन्थली नगरपालिकाको न्यायीक समिति सदस्य नारायण वोगटी र खानी निर्माण सेवाका प्रतिनिधि रामबाबु घिमिरेले आ आफ्ना धारणा राख्नु भएको थियो ।
करिव २ करोड ४० लाखको लागतमा ६ कोठे विद्यालय भवन, अपांग मैत्री सौचालय, सौर्यउर्जा , फर्निचर लगाएतका पूर्वाधार निर्माण भएका हुन । विद्यालय निर्माणक लागि खानी निर्माण सेवा संग संझौता भएको थियो । उक्त निर्माण सेवाले तोकिएकै समयमा भवन निर्माणको कार्य पुरा गरी विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : विविध, शिक्षा, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस