लयमा फर्कदै रामेछाप बजार
रामेछाप – जिल्लाको दक्षिणी ढोका सेलेघाट बाट रामेछाप वजार हुदै सॉघुटार जोड्ने सडक कालोपत्रे गर्न डोजरले खोस्रन थालेपछि रामेछाप वजारबासी सदरमुकामले दिएको विगतको पिडा विर्सेर भविष्यको सपना वुनिरहेका छन् ।
ठिक ३३ बर्ष अघि जिल्ला सदरमुकाम सर्दा उनिहरुको छाति छियाछिया बनेको थियो । स्याल कराउने डांडाको रुपमा परिणत भएको रँमेछाप बल्ल बौरेको छ । अव त्यहि कालोपत्रे चौडा सडकले वनाउने सहजता र जग्गाजमिनको भाउ वृदि, नगरपालिकाको चमकझमक , पुष्पलाल पार्क , भालुखोप भ्यू टावर र सुविधा सम्पन्न जिल्ला अस्पताल लगाएतका पूर्वाधारले उनिहरुको छियाछिया परेको छातिमा नयॉ उर्जा थपेको छ ।
‘रामेछाप अव अरु भन्दा कम छैन ’ रामेछाप नगरपालिका ८ नम्बर वडाका अध्यक्ष केदार कार्की भन्छन् – सदरमुकामबासी समेत हाम्रो नगरको विकास, पर्यटन र वातावरणका लागि आर्कर्षित भइरहेका छन् । सदरमुकाम मन्थलीमा पुग्ने जो कोहि रामेछाप नपुगी नफर्कने गरेकाले पनि रामेछाप अव पहिलेको जस्तो खण्डहर छैन । गुल्जार वन्दै गएको छ ।
‘भयो अव ति दिन नसम्झदै राम्रो ’ स्थानीय हरी साई भन्छन् – २०४५ सालको फागुनमा जिल्ला सदरमुकाम मन्थली झरेको पिडाले धेरै बर्ष सम्म निद हराएको थियो । व्यापार सुक्यो, रोजगारी गुम्यो, कृषि उपज सडे । जग्गा घर घडेरीको भाउ पातालमा पुग्यो । साई भन्छन् – सवै तिर चौपट्ट भयो, जिल्लाभरीका मानिस आउजाउ हुने थलोमा दिउसैं भुतले तर्साउला झै भएको थियो । कतिपय व्यवसायी र स्थानीयले रामेछापलाई चटक्कै छोडेर अन्यत्र गए । तर अन्यत्र जान रुचि नहुनेले रामेछापलाई संकटका बेला जोगाए र अहिलेको अवस्थामा डोहोयाए ।
२०४५ को भुकम्प अघी रामेछापमा कच्चि घरहरुका विच ढुंगा छापेको सडक थियो । केहि भिरालो जमिनमा दुई तर्फ लहरै मिलेका घर थिए । २०४५ सालले धेरैका घर भत्कायो । जुन बंचे र मर्मत गरेर फेरी ठडिएका थिए, तिनलाई २०७२ सालको विनासकारी भुकम्पले फेरी उखेल्यो । भग्नावशेस भएको रामेछाप अव लर्तरो भुकम्पले नलड्ने गरी उठेको छ । वजारमा भुकम्प प्रतिरोधि पक्कि भवनहरु अग्लिदै छन् । सुविधा सम्पन्न भवन निर्माणले रामेछाप अव पहिलेको भन्दा फरक दृष्यमा देखिन थालेको छ । सानो, शान्त र रमाईलो रामेछापमा जग्गा जमिनको भाउ आकाशिन थालेको छ ।
सरकारले रामेछापलाई ७ बर्ष अघी नगरपालिका वनायो । साविकका गोठगाउ र हिमगंगा सम्मका भुभागलाई जोडेर वनेको नगरपालिकाले नगरको वृहत्तर विकासका लागि विभिन्न योजनाहरुको खाका कोरेको छ । नगर प्रमुख नरवहादुर थापामगर भन्छन् – अधिकांश ग्रामिण क्ष्ँेत्र रहेको नगरका विकासका पूर्वाधारहरुको पहिचान र प्राथमिकीकरण गरीसकिएको छ । भू टावर, स्वास्थ्य पूर्वाधार, मेरुदण्ड सडक, जस्ता योजनाले रामेछाप नगरमा गति लिएको उनले वताए । खानेपानी, सिंचाईको प्रवन्ध लगाएतका विकासका मुद्धा अव फेरी उठाउनु नपर्ने गरी हल गर्ने प्रयास भएको उनले वताए ।
यो बर्ष देखि रामेछाप वजार नजिकैको भंगेरीमा पुष्पलाल पार्क वन्दैछ । संघीय सरकारले उक्त पार्कका लागि झण्डै आधा अरबको लगानी गर्ने गरी डिपिआर वनाएको छ । बजारको पश्चिमतर्फको उक्त पार्क मुलुकभरका कम्युनिष्टहरुको तिर्थस्थल त बन्ने छ नै , जिल्ला र बाहिरबाट आउनेले दृर्शन गर्न लायकको हुनेछ । ‘यो पार्कले अव रामेछापलाई थप उजिल्याउने छ ’ स्थानीय गौतम श्रेष्ठ भन्छन् – प्रचार प्रसार र सामुदायिक होमस्टे लगाएतको कुरामा अव हाम्रो ध्यान जानेछ । भंगेरीलाई राजनीतिक पर्यटकिय स्थान वनाउन स्थानीय आतुर छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको भंगेरीमा जन्म भएको थियो ।
बजार भन्दा पूर्वि भागको विकासले अझ धेरै अर्थ राख्ने छ । सुकाजोरको कवर्ड हल र ताराखसे पोखरी अनि भालुखोपको टावरको निर्माण पछि आन्तरिक रुपमा त्यस तर्फ पर्यटक तान्ने पक्कापक्कि छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे भन्छन् – आन्तरिक पर्यटनमा सुकाजोर र त्यस वरपर अव नगरकै अग्रणी स्थानमा रुपान्तरण हुदैछ ।
रामेछाप वजारमा साप्ताहिक हाट वजार लाग्छ । जिल्ला सदरमुकाम हुदा जस्तो नभएपछि साप्ताहिक हाट वजार स्थानीय उत्पादन खरिद विक्री गर्ने थलोको रुपमा कायमै छ । ‘पहिले धेरै ठुलो हाट लाग्थ्यो ’ स्थानीय बाबुराम श्रेष्ठ भन्छन् – अहिले सानो लाग्छ, तर पनि हाट वजारका लागि स्थानीय बिहिबार नगरपालिका नजिकै टहरामा झुम्मिन्छन् । लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादन भएको साग सव्जी , गेडागुडि, खसी बोका, फलफुलका लागि रामेछाप हाट प्रख्यात छ । जिल्ला सदरमुकाम मन्थली मात्र उत्तरी जिल्ला दोलखा देखिका व्यवसायीहरु रामेछाप हाटबाट स्थानीय उत्पादन खरिद गर्न पुग्छन् । रामेछापले खसि बोका आफ्नो जिल्लामा मात्र नभै आसपासका जिल्लामा समेत दिन सक्ने हैसियत राख्छ । राजधानीमा जाने खसी पनि रामेछापकै छन ।
सेलेघाट देखि रामेछाप वजार हुदै सांघुटार जोड्ने झण्डै ५० किलोमिटर सडक अधिकांश रामेछाप नगरपालिकामा पर्छ । एक्जीम बैंकको २ अरब भन्दा बढी लगानी हुने उक्त सडक निर्माण पश्चात रामेछापलीले काठमाण्डौं र तराइका जिल्लाको साईनो जोड्न थप सजिलो हुनेछ । अहिले जिल्ला सदरमुकामबाट १३ किलोमिटर कालोपत्रे सडक जोडिएको रामेछाप अवको दुई बर्ष पछि सेलेघाट तर्फको सडकले अझ सहज गन्तव्यको रुपमा खडा हुनेछ ।
सदरमुकाम नभएपछि केहि सरकारी कार्यालय र कर्मचारीको संगत रामेछापले पाईनै रहेको छ । जिल्ला अस्पताल , स्वास्थ्य कार्यालय, कारागार, डिभिजन वन कार्यालय र नेपाली सेनाको व्यारेक रामेछापमा छन् । थोरै मात्र भएपनि सरकारी कार्यालय रहेको रामेछापमा बैंक तथा वित्तिय सेवा उपलव्ध छ ।
जिल्लालाई चिनाउने जुनार उत्पादन हुने रामेछाप समून्द्र सतह देखि करिव १ हजार ४ सय मिटरको उचाईमा रहेको छ । बाह्रै महिना उपयुक्त हावापानी रहने रामेछापबाट हिमाली दृष्यावलोकन सहजै गर्न पाईन्छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ महासंघ रामेछापको बार्षिक साधारण सभा
- २ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ३ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ४ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ५ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ६ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
- ७ फर्पु सुमाे दुर्घटना :अपडेट
- ८ रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस