तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
रामेछाप — तामाङ समाज यूएई अबुधाबीले खाँडादेवी गाउँपालिका–८, गागलस्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टर सहयोग गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष जंगलाल तामाङ र तामाङ समाज यूएई अबुधाबीका महासचिव जयराम वाईबाका अभिभावक विचारलाल तामाङले संयुक्त रूपमा प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
प्रोजेक्टरले विद्यार्थीको सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने विद्यालयले जनाएको छ। यसबाट विद्यार्थीको डिजिटल ज्ञान, सिर्जनात्मक क्षमता, खोज तथा अनुसन्धान र व्यावहारिक सिकाइमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तामाङ समाज यूएई अबुधाबीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको आवश्यकता पहिचान गरी हरेक वर्ष शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आर्थिक वर्ष २०८३/८४ लाई लक्षित गरी ‘शिक्षामा साथ, सुनौलो भविष्यको आधार’ नामक शैक्षिक सहयोग परियोजना अघि बढाएको छ।
परियोजनामार्फत विद्यार्थीको सिकाइलाई प्रभावकारी, प्रविधिमैत्री र सिर्जनात्मक बनाउने उद्देश्य रहेको संस्थाका महासचिव जयराम वाईबाले बताए।
विद्यालयका प्रधानाध्यापक विक्रम तामाङ, व्यवस्थापन समितिका अध्यक्ष विजय लामा लगायत विद्यालय परिवारले सहयोगका लागि तामाङ समाज यूएई अबुधाबीप्रति आभार व्यक्त गरेका छन्।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस