बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
काठमाडौं – हालै गएको विनाशकारी रसुवा –भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
सोल्टीमोडस्थित मनमोहन मेमोरियल क्याम्पस र स्वयम्भूस्थित मनमोहन अस्पतालको प्रमुख आयोजनामा, बेलकोटगढी नगरपालिका, नुवाकोटको सहकार्य तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा आगामी बिहीबार महादेव माध्यमिक विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।
मनमोहन मेमोरियल हेल्थ साइन्सका क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनालका अनुसार बाढी प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएकाे बताए ।
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आधारभूत औषधि वितरण तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिने क्याम्पस प्रशासक सचित कुइँकेलले जानकारी दिए ।
शिविरमा चर्चित चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयद सहित जनस्वास्थ्य विज्ञ प्रा. दुर्गा खड्का मिश्र, डा. अमृत बस्याल, डा. अनित लामिछाने र डा. बन्दिता कार्की सहभागी हुने जनाइएको छ। त्यस्तै, मनोपरामर्श सेवाका लागि रोजी मानन्धर लगायतको टोली रहनेछ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस