३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
काठमाडौं – नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) ले आयोजना गरेको ३२औँ कार्गो दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपालको व्यापार, आयात–निर्यात तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। उनले यस क्षेत्रको दिगो विकासका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै व्यापार तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्गो दिवसका अवसरमा फ्रेट फरवार्डिङ तथा लजिस्टिक्स क्षेत्रसँग सम्बन्धित व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा फ्रेट तथा लजिस्टिक्स क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे समेत छलफल गरिएको थियो।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले हरेक वर्ष कार्गो दिवस आयोजना गर्दै फ्रेट तथा लजिस्टिक्स क्षेत्रले राष्ट्रिय व्यापार तथा अर्थतन्त्रमा पुर्याएको योगदानको सम्मान गर्दै आएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- २ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ३ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ४ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ५ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ६ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ७ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ८ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा













प्रतिक्रिया दिनुहोस