रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
रामेछाप– रामेछाप जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच जिल्लालाई पुर्णखाेप सुनिश्चितता जिल्ला घाेषणा गरिएकाे हाे ।
कार्यक्रममा जिल्लाका सबै स्थानीय तहमा तोकिएको उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै खोप प्राप्त गरेको पुष्टि भएपछि औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए ।
घोषणा समारोहमा सहभागीहरूले पूर्णखोप सुनिश्चितता सम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा वक्ताहरूले पूर्णखोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभई यसको दिगोपना कायम राख्नु सबैभन्दा महत्वपूर्ण चुनौती रहेको उल्लेख गर्दै जन्मिएका प्रत्येक बालबालिकालाई समयमै नियमित खोपको पहुँचमा पुर्याउन स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा समुदायको निरन्तर सहकार्य आवश्यक रहेको बताए।
उनीहरूले खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यान जोखिममा पार्ने रोगबाट जोगाउने भएकाले नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा पूर्णखोप सुनिश्चितताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, तथा कर्मचारीहरुलाई सम्मान समेत गरेकाे थियाे ।
जिल्ला समन्वय समितिका प्रमुख,स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस