प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
रामेछाप — इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषणा गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले संगठनको नीति–निर्देशनअनुसार प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ सम्पादन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा डीएसपी कार्कीलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ।
कार्यालयका अनुसार डीएसपी कार्कीले लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्नुका साथै लागूऔषध, भरुवा बन्दुक र अवैध भरुवा बन्दुक बिक्री–वितरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफलता हासिल गरेका थिए।
त्यस्तै, उनले विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान,विपद् उद्धार,अवैध नदीजन्य पदार्थको रोकथाम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन, कार्यालय व्यवस्थापन तथा निर्माणाधीन पृथ्वी राजमार्ग क्षेत्रमा सवारी व्यवस्थापन, सुशासन तथा शान्ति–सुरक्षा कायम राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उक्त कार्यसम्पादनको कदर गर्दै “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७७” अनुसार डीएसपी सुरज कार्कीलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरिएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले हस्ताक्षर गरेको प्रशंसापत्रमार्फत डीएसपी कार्कीलाई प्रदान गरिएकाे छ ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस