आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
रामेछाप – रामेछाप सामुदायिक सर्जिकल आँखा केन्द्रले रामेछाप जिल्लामा आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा भिजन हिमालयन फाउण्डेशन र रामेछाप सामुदायिक सर्जिकल आँखा केन्द्रको आर्थिक सहयोगमा नव निर्मित भवनको उद्घाटन भएसंगै केन्द्रले आजदेखी आफ्नै भवनबाट उपचार सेवा शुरु गरेको हो । नयाँ भवनबाट सेवा शुरु गरेसंगै अव आँखाका बिरामीहरुको शल्यक्रिया सहित आँखा उपचारका सम्पूर्ण सेवाहरु सोहि भवनबाट हुने भएको छ ।
भवनको उद्घाटन भिजन हिमालयन फाउण्डेशनका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गर्नु भएको हो । १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त भवन मन्थलीको तामाकोसी सेवा समिति परिषर भित्र निर्माण भएको छ । दुइ तले उक्त भवनमा आँखाको शल्यक्रियाका अतिरिक्त आँखाको नियमित परिक्षण समेत गरिने रामेछाप सामुदायिक सर्जिकल आँखा केन्द्रका अध्यक्ष डा. सुमन कर्माचार्यले बताउनु भयो ।
रामेछाप जिल्लामा २४ बर्ष अगाडिबाट सेवा शुरु गरेको तिलगंगा आँखा प्रतिष्ठानले अब जिल्लामा भवन निर्माण गरेसंगै सेवालाई अझ बिस्तार गर्ने गरी योजना अगाडि सारेको तिलगंगा आँखा प्रतिष्ठानका बाह्य बिभाग प्रमुख डा. मोहोनकृष्ण श्रेष्ठले बताउनु भयो । सेवा शुरु गरेको २४ बर्षको अबधिमा रामेछाप जिल्लाका करिव १ लाख नागरिकहरुले आँखा उपचार सेवा पाएको रामेछाप सामुदायिक सर्जिकल आँखा केन्द्रका इन्चार्ज उमेश तामाङ्गले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस