रामेछापका सबैपालिकाले ल्याए आव २०८२/८३ काे बजेट, हेराै कुन पालिकामा कति?
रामेछाप – रामेछाप जिल्लाका ८ वटै पालिकाले आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन ।
मन्थली नगरपालिका
जिल्लाकाे सदरमुकामकाे पालिका मन्थली नगरपालिकाले
आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। चालु खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरिएको छ ।
रामेछाप नगरपालिका
रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार १ सय १० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ ।
लिखुतामाकाेशी गाउँपालिका
गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ का लागि अनुमानित कुल ६८ करोड २५ लाख ८६ हजार बजेट सार्वजनिक गरेकाे छ ।
गोकुलगंगा गाउँपालिका
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ९८ लाख ९४ हजार बराबरको बजेट सार्वजनिक भएकाे छ ।
खाँडादेवी गाउँपालिका
आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उमाकुण्ड गाउँपालिका
आगामी आवका लागि १८औँ गाउँसभामाबाट ११८ बुँदामा आधारित नीति तथा कार्यक्रमम सहित ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँ बजेट सार्वजनिक भएकाे छ ।
सुनापति गाउँपालिका
आगामी आर्थिक बर्षका लागि ५६ करोड ५० लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा चालु तर्फ करिव ६० प्रतिशत र पूँजिगत तर्फ करिव ४० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ । ।
दोरम्बा शैलुङ गाउँपालिका
आगामी आवका लागी ५५ करोड ७१ लाख ८० हजार ५०१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
क्याटेगोरी : अर्थ, विविध, समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस