• काेसिस न्यूज
  • महिलाको आर्थिक उपार्जनका लागि साबुन बनाउने तालिम


    रामेछाप – लिखुतामाकाेशी गाउँपालिकाका महिलाहरुकाे आर्थिक उपार्जनका लागि साबुन बनाउने तालिम प्रदान गरिएकाे छ । रास्ट्रपति महिला उत्थान जिबिको पार्जन कार्यक्रम अन्तरगत खिम्ती र तिल्पुङका २० जना महिलाहरूलाई उक्त तालिम प्रदान गरिएकाे हाे ।

    युनेस्को रामेछाप संगी शिक्षा कार्यक्रमकाे प्राबिधिक सहयाेगमा गाउँपालिकाले पालिकाकाे ६ र ७ वडाका एकल महिला ,अल्पसंख्यक तथा पिछडीएका महिलाहरुका लागि ५ दिने साबुन बनाउने तालिम प्रदान गरेकाे युनेस्को रामेछापकी अध्यक्ष कल्पना खड्काले जानकारी दिइन् ।

    तालिममा सहभागी महिलाहरुले साबुन बनाउन जानेसँगै उक्त सीपलाई पेसाका रुपमा अघि बढाउने र उत्पादनलाई निरन्तरता दिदै व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। घरमै बसेर बिताउने समय साबुन बनाउनमा लगाउने र व्यवसाय गरेर आम्दानी गर्न सक्ने भएकाेका खुसि व्यक्त गरे उक्त तालीम देवकी भुजेलले प्रदान गरेकी थिइन्

    यसरी सीप मुलक कार्यक्रमले नै गृहिणी महिलाहरुकाे जिविकाे पार्जनमा सहज हुने र आयस्रोता वृद्धि हुने हुदा महिलाहरू आर्थिक रुपमा सबल हुन सहयोग पुग्ने युनेस्को रामेछापकि अध्यक्ष कल्पना खड्काले बताइन ।


    क्याटेगोरी : अर्थ, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस