महिलाको आर्थिक उपार्जनका लागि साबुन बनाउने तालिम
रामेछाप – लिखुतामाकाेशी गाउँपालिकाका महिलाहरुकाे आर्थिक उपार्जनका लागि साबुन बनाउने तालिम प्रदान गरिएकाे छ । रास्ट्रपति महिला उत्थान जिबिको पार्जन कार्यक्रम अन्तरगत खिम्ती र तिल्पुङका २० जना महिलाहरूलाई उक्त तालिम प्रदान गरिएकाे हाे ।
युनेस्को रामेछाप संगी शिक्षा कार्यक्रमकाे प्राबिधिक सहयाेगमा गाउँपालिकाले पालिकाकाे ६ र ७ वडाका एकल महिला ,अल्पसंख्यक तथा पिछडीएका महिलाहरुका लागि ५ दिने साबुन बनाउने तालिम प्रदान गरेकाे युनेस्को रामेछापकी अध्यक्ष कल्पना खड्काले जानकारी दिइन् ।

तालिममा सहभागी महिलाहरुले साबुन बनाउन जानेसँगै उक्त सीपलाई पेसाका रुपमा अघि बढाउने र उत्पादनलाई निरन्तरता दिदै व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। घरमै बसेर बिताउने समय साबुन बनाउनमा लगाउने र व्यवसाय गरेर आम्दानी गर्न सक्ने भएकाेका खुसि व्यक्त गरे उक्त तालीम देवकी भुजेलले प्रदान गरेकी थिइन्
यसरी सीप मुलक कार्यक्रमले नै गृहिणी महिलाहरुकाे जिविकाे पार्जनमा सहज हुने र आयस्रोता वृद्धि हुने हुदा महिलाहरू आर्थिक रुपमा सबल हुन सहयोग पुग्ने युनेस्को रामेछापकि अध्यक्ष कल्पना खड्काले बताइन ।

क्याटेगोरी : अर्थ, समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस