नेपालमै सफल भयाे याैनाङ्ग परिवर्तन सल्यक्रिया
काठमाडौं – नेपालमा पहिलोपटक याैनाङ्ग परिवर्तनकाे सल्यक्रिया सफल भएकाे छ । त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको हाे ।
यसअघि विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले लिङ्ग परिवर्तन गरेकाे चर्चा आउथ्याे । तर अब भने नेपालमा पनि याे संभव भएकाे छ । नेपालमा पहिलो पटक ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ ।
अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिएका छन् ।
अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा जयनमान श्रेष्ठले जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर (पिटर) मा लिङ्ग परिवर्तन शल्यक्रिया गरिएकाे र हाल उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
डा. श्रेष्ठले विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा, प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको बताए । उनले भने “अब लिङ्ग परिवर्तन शल्यक्रिया गर्न विदेश जानुपर्न पर्दैन ।” श्रेष्ठका अनुसार नेपालमै उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख रुपैयाँ खर्चमा गर्न सकिने छ ।
अस्पतालका प्लास्टिक सर्जन प्राडा ईश्वर लोहनीले शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवा सञ्चालन गर्ने जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस