रामेछाप कपकाे उपाधि आयाेजक टिम दिपशिखाकाे पाेल्टामा
रामेछाप – रामेछापको मन्थलीमा संचालन भएकाे तेस्रो रामेछाप कपकाे उपाधि आयाेजककाे टिमकाे पाेल्टामा परेकाे छ । बिहिवार सम्पन्न कपकाे उपाधि आयाेजक टिम दिपशिखा ब्वाइज युनाइटेड् क्लबले प्राप्त गरेकाे हाे ।
दिपशिखा व्याइज युनाइटेड क्लबले मन्थलीमा आयाेजना गरेकाे तेस्राे रामेछाप कप असाेज ५ गतेबाट ८ गते सम्म संचालन भएकाे थियाे । उक्त तेस्रो रामेछाप कपकाे उपाधि आयाेजक टिमले नै प्राप्त गर्न सफल भएकाे छ । करम्बोट खेल मैदानमा संचालन भएकाे खेलमा जिल्ला प्रहरी कार्यालय रामेछापकाे टिमसँग २–० गोल निकालेर आयोजक टिम दिपशिखाले उपाधि हात पार्न सफल भएकाे हाे ।
जितको लागि दिपशिखाले पहिलो हाप्प अगाडि १ गोल गरेको थियो । हापटाइम पछि थप १ गोल थपेको थियो । केही राम्रो अवसर बनाए पनि डिपिओ रामेछापले जबाफी गोल गर्न सकेन ।
प्रामेछाप कपकाे उपाधि प्राप्त गर्ने टिमलाई ३ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ भने उपविजेतालाई २ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फाइनल खेलमा प्रवेश नगर्ने टिमलाई ५०–५० हजार प्रलान गरिएकाे छ। साथै खेलमा म्यान अफ दि म्याच (प्रत्येक खेलमा), बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट खेलाडी, सर्वाधिक गोल कर्तालाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिएकाे छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस