जिल्ला अस्पताल रामेछापमा विरामीकाे चाप बढ्याे
रामेछाप – जिल्ला अस्पताल रामेछापमा विरामीकाे चाप बढ्न थालेकाे छ । केहिदिन देखि अस्पतालमा रुगा-खाेकी,दम ज्वराे लगाएतका विरामीकाे चाप बढेका हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठका अनुसार माैसम परिर्वतनले गर्दा रुगा-खाेकी,ज्वराे र दमका विरामी बढेकाे बताएका छन् । अहिले दैनिक ओपिडीमा १०० देखि १५० सम्म विरामी आउने गरेकाे अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै डाक्टर श्रेष्ठले माैसम परिवर्तनकै कारण बालबालिकामा पनि सरुवा रुगाखाेकी देखा परेकाे छ । बालबालिकालाई चिसाेबाट जाेगाउन आग्रह गर्दै रुगा- खाेकी लागेका बच्चालाई विद्यालय नपठाउन, पठाइहालेपनि मास्क लगाएर मात्र पठाउन र बच्चाहरुमा स्वास्थ्य समस्या आउनासाथ स्वास्थ्य परिक्षणका लागि अस्पताल लाैजान आग्रह गरेका छन् ।
त्यसैगरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले हाल जिल्ला अस्पताल भाैतिक संरचना ,जनशक्ति,उपकरण तथा प्रविधिका हिसाबले सुविधा सम्पन्न भएकाकाे भन्दै उपचार नपाएर र उपचार गर्ने खर्च नभएर जिल्लाका विरामी छटपटिनु नपर्ने बताए । उनले भने संघिय सरकार ,प्रदेश सरकार र स्थानिय तहहरुकाे सहयाेगमा अस्पतालबाट थुप्रै स्वास्थ्य सेवाहरु नि:शुल्क प्रवाह भईरहेकाे छ ।
हाल जिल्ला अस्पताल रामेछापले डाइलाइसिस सेवा,६५ वर्ष माथिका जेष्ठ नाथरिकलाई दन्त सेवा,प्रशुतिजन्य सल्यक्रिया,विभिन्न राेगका विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण लगाएतका सेवाहरु नि:शुल्क रहेकाे डाक्टर श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस