प्रथमा मनिट्रान्सफरका संचालक उदास सम्मानित
रामेछाप । आइएमई लिमिटेडले राष्ट्रिय अन्तराष्ट्रि रुपमा रकम ट्रान्सफर गर्ने कार्यमा उत्कृष्ट रहेको रामेछाप मन्थलीको प्रथमा मनिट्रान्सफरका संचालक सुरेश उदास सहित २३ जना व्यवसायीलाई सम्मान गरेको छ ।
आइएमई लिमिटेडको २३ औं बार्षिकोत्सवको अवसरमा सोमबार काठमाण्डौैंमा आयोजित एक समारोहमा उनिहरुलाई सम्मान गरीएको हो । आइएमई लिमिटेडका प्रवन्ध निर्देशक हेमराज ढकालले उत्कृष्ट कारोवार गर्ने व्यवसायीहरुलाई सम्मानित गरेका थिए । आइएमई लिमिटेडका ३५ हजार एजेन्टले मनिट्रान्सफरको काम गर्दै आएका छन् । प्रथमा मनिट्रान्सफरले रामेछापको मन्थलीमा २०६४ देखि विश्वासिलो र भरपर्दो मनिट्रान्सफरको काम गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस